तनहुँ– तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन्। च्याउ खाएर देवघाट गाउँपालिका–५, साउनेका ४२ वर्षीय कृष्ण भुजेलको परिवारका सदस्य बिरामी परेका हुन्।
बिरामी परेकामध्ये कृष्ण र उनका छोरा १५ वर्षीय धनलालको अवस्था गम्भीर रहेको र दुवैको चितवनको भरतपुरस्थित पुरानो मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, कृष्णकी ४० वर्षीया पत्नी तथा छोराहरु २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको चितवनकै भरतपुर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय, देवघाटका प्रहरी नायब निरीक्षक उज्वल तिलुवालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्