काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको २७ वर्षपछि नेपाली क्रिकेटले छलाङ मारेको छ । गत चैत २ मा यूएईमाथि सनसनीपूर्ण जित निकाल्दै विश्वकप क्वालिफायरमा पुगेको नेपालले त्यसको डेढ महिनापछि अर्को ठूलो प्रतियोगितामा स्थान बनायो ।
नेपालले गत मंगलबार घरेलु मैदानमा सम्पन्न एसिसी मेन्स प्रिमियर कपको फाइनलमा यूुएईलाई नै हराउँदै एसिया कपमा छनोट भयो । पछिल्लो डेढ महिनामा नेपाली क्रिकेटले हासिल गरेका यी दुई ठूला उपलब्धि हुन् ।
प्रतिक्रिया दिनुहोस्