भैरव महाकाली मन्दिर सेवा समितिको अध्यक्षमा शाही

धनगढी : भैरव महाकाली मन्दिर सेवा समितिको २५ औं वार्षिक साधारणसभाले मोहनबहादुर शाहीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

समितिको उपाध्यक्षमा अमृता जोशी, सचिवमा वीरेन्द्र शाह, सहसचिवमा गजेन्द्रवीर शाही, कोषाध्यक्षमा बमबहादुर शाह चयन भएका छन्। त्यस्तै, सदस्यहरुमा उद्धव भाट क्षेत्री ,डबलबहादुर शाही, चक्र विक, लोकजन खड्का, मुनादेवी कठायत खड्का, अम्बिका ढुंगेल, कृष्ण श्रेष्ठ र हिक्मत सुनारलाई चयन गरिएको छ।

समितिका अध्यक्ष भक्तराज जोशीको सभापतित्वमा भएको साधारणसभामा धनगढी उपमहानगरपालिका नगर उपप्रमुख सुशीला मिश्र भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। साधारणसभामा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हीरासिंह पातली विशिष्ट अतिथि थिए।

प्रतिक्रिया दिनुहोस्