तोलामा ९०० रूपैयाँ घट्यो सुनको भाउ

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य आज (बिहीबार) तोलामा ९०० रूपैयाँ घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ५०० रूपैयाँ निर्धारण गरिएको छ। हिजो यसको मूल्य प्रतितोला ९३ हजार ४०० रूपैयाँ कायम थियो।

यस्तै, तेजाबी सुन पनि सोही दरमा घटेर प्रतितोला ९२ हजार ५० रूपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्