तनहुँ-१ मा रास्वपाका स्वर्णिम वाग्ले फराकिलो मतान्तरले विजयी

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्ले विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ७९६ को फराकिलो मतान्तरले पराजित गरि उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाए भने भट्टराईले २० हजार १२२ मत ल्याए । निर्वाचन अधिकृतको कार्यालयले भने जितको घोषणा गर्न बाँकी छ ।

यसअघि यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसबाट रामचन्द्र पौडेेल विजयी भएका थिए । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रको प्रतिनिधिसभा सदस्य पद रिक्त हुँदा सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस्