२४ घण्टामा १०५६ जनामा कोरोना पुष्टि

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १ हजार ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा ६ हजार २८६ जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ। तीमध्ये २ लाख ३० हजार ५३७ जना कोरोनामुक्त भइसकेका छन्। पछिल्लो एक दिनमा १ हजार ४८३ जना कोरोना संक्रमित निको भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५०७ जना संक्रमित भेटिएका छन्, जसमध्ये काठमाडौंमा ३९३, ललितपुरमा ७५ र भक्तपुरमा ३९ जना छन्।

प्रतिक्रिया दिनुहोस्