साझा र विवेकशीलबीच एकीकरण

काठमाडौं- अलग भएको २२ महिनापछि साझा पार्टी र विवेकशील नेपाली दलबीच आज (बुधबार) एकता भएको छ।

साझाका संयोजक रविन्द्र मिश्र र विवेकशीलका मिलन पाण्डेले पार्टी एकताको सहमतिमा हस्ताक्षर गरे। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ। पार्टीको चुनाव चिन्ह तराजु रहने छ।

एकीकृत पार्टीको अध्यक्षमा मिश्र र संयोजकमा पाण्डे छन्। १३० सदस्यीय केन्द्रीय समितिमा दुवै पक्षबाट ६५/६५ जना रहने छन्।

एकीकृत पार्टीका संरचनाहरु गठन, पुनर्गठन र समायोजनको काम दुई महिनामा सक्ने र ६ महिनाभित्र एकता महाधिवेशन गर्ने एकता घोषणापत्रमा उल्लेख छ।

यसअघि २०७४ साउन ११ गते दुई पार्टीबीच एकता भएको थियो। त्यसको डेढ वर्ष बित्न नपाउँदै २०७५ पुस २७ गते दुई पार्टी अलग भएका थिए।

प्रतिक्रिया दिनुहोस्