कञ्चनपुरमा १५ शय्याको अस्पताल सञ्चालन

धनगढी : कञ्चनपुरको गुलरियामा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ। कृष्णपुर नगरपालिका-५, गुलरियामा १ करोड रुपैयाँको लागतमा विशेषज्ञ सेवा सहितको निमेष अस्पताल प्रालि सञ्चालनमा आएको हो।

अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, ओपिडी सेवा, इसिजी सेवा, विशेषज्ञ सेवा, प्रयोगशाला, रंगिन भिडियो एक्सरे लगायतका सेवा दिने अस्पतालकी प्रबन्ध निर्देशक गीता चौधरीले जानकारी दिइन्।

अस्पताल सञ्चालन भएसँगै त्यस क्षैत्रका बिरामीलाई सामान्य उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको छ। यसअघि त्यस क्षेत्रका बिरामीलाई सामान्य उपचारका लागि कैलालीको अत्तरिया, धनगढी तथा कञ्चनपुरको महेन्द्रनगर जानुपर्ने बाध्यता थियो।

प्रतिक्रिया दिनुहोस्