भारतद्वारा अस्ट्रेलियासामु १६२ रनको लक्ष्य प्रस्तुत

काठमाडौं : भारतले घरेलु टोली अस्ट्रेलियाविरुद्धको टि–२० क्रिकेट शृंखलाअन्तर्गत पहिलो खेलमा १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन जोडेको हो। उसका लागि सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले आक्रामक पारी खेलेपछि भारतले १६० रनको स्कोर पार गरेको हो। जडेजाले २३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाए।

यस्तै, प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले ५१ रन बनाएर आउट भए। यसैगरी, सञ्जु सैमसनले २३ र हार्दिक पाण्ड्याले १६ रनको योगदान दिए। अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्।

बलिङमा अस्ट्रेलिया मोइसेस हेनरिक्सले सर्वाधिक ३ विकेट लिए। यस्तै, मिचेल स्टार्कले २ तथा मिचेल स्विपसन र एडम जम्पाले समान १ विकेट चट्काए।

अस्ट्रेलियाले जवाफी ब्याटिङ गरिरहेको छ।

यसअघि यी दुवै टोलीले तीन खेलको एकदिवसीय क्रिकेट शृंखला खेलेका थिए, जसमा अस्ट्रेलियाले २–१ ले जितेको थियो।

तस्बिर : क्रिकइन्फो डट कम।

प्रतिक्रिया दिनुहोस्