कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

काठमाडौं– निषेधाज्ञा तोडेको आरोपमा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन्। बुधबार दिउँसो तनहुँको व्यास नगरपालिका–१, तालघरेबाट पक्राउ परेका उनी साँझ रिहा भएका हुन्।

पौडेल पक्राउ परेपछि रिहाइको माग गर्दै कांग्रेसले जिल्ला प्रहरी कार्यालय, तनहुँको बाहिर प्रदर्शन गरेको थियो। प्रदर्शनका कारण केही समय पृथ्वी राजमार्गसमेत अवरुद्ध गरेको थियो।

पौडेल पक्राउ परेपछि पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर तत्काल रिहाइ गर्न माग गरेका थिए।

तालघरे–दुम्सीचौर सडकको बुल्दीखोला पुल उद्घाटन गर्न जाँदा निषेधाज्ञा तोडेको आरोपमा उनीसहित प्रदेश सांसद सरिता गुरुङ, तनहुँ कांग्रेसका कार्यवाहक अध्यक्ष जीतप्रकाश आलेलगायत पक्राउ परेका थिए।

फाइल तस्बिर।

प्रतिक्रिया दिनुहोस्