
काठमाडौं । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदातामा उत्साह देखिएको छैन । रवि लामिछाने र स्वर्णिम वाग्लेले निर्वाचन लडेको निर्वाचन क्षेत्रमा पनि चुनावको रौनक देखिएन । लामिछाने चितवन-२ र वाग्ले तनहुँ-१ बाट चुनाव लडेका छन् । यससँगै बारा-२ मा पनि उपनिर्वाचन भएको छ ।
चितवन–२ मा ७६ हजार ६२२ मत खसेको बताइएको छ । यो कुल मतदाताको ६१ प्रतिशतभन्दा बढी हो । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा ६७ प्रतिशतभन्दा बढी मत खसेको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको प्रारम्भिक तथ्यांक अनुसार तनहुँ–१ मा भने ६३ हजार ७५७ मतदाताले मतदान गरेका छन् । यो कुल मतदाताको ५१.७० प्रतिशत हो । गत मंसिरमा भएको निर्वाचनमा भने सो क्षेत्रमा ५४.३६ प्रतिशतले मतदान गरेका थिए ।
बारा-२ मा ६२ प्रतिशत मत खसेको छ । गत मंसिरमा भएको निर्वाचनमा ६३ प्रतिशत मत खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्