‘सरकारले पौडेलमाथि गरेको दुर्व्यवहारको मूल्य चुकाउने पर्नेछ’

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहारको सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन्।

नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप खेदजनक रहेको नेता महरले बताए।

‘लोकतन्त्रमा पुल उद्घाटन गर्न हिँडेका नेताको गिरफ्तारी हुन खेदजनक र तानाशाह प्रवृति हो,’ नेता महरले भने। सरकार, पुलिस र स्थानीय प्रशासनले नियोजित रुपमा पौडेललाई गिरफ्तार गरेको उनले बताए।

वर्तमान सरकार अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाले प्रष्ट पारेको महरले आरोप लगाए।

यसैबीच, केही बेरअघि नेता पौडेल रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्