मुख्यमन्त्री राउतद्वारा सरुवा रोग तथा महामारी नियन्त्रण अस्पताल शिलान्यास

जनकपुरधाम– मुख्यमन्त्री लालबाबु राउतले बाराको कलैयामा ५० शय्याको सरुवा रोग तथा महामारी नियन्त्रण अस्पतालको शिलान्यास गरेका छन्। उनले आज (सोमबार) एक कार्यक्रमबीच अस्पतालको शिलान्यास गरेका हुन्।

अस्पतालको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले अस्पताल निर्माणमा सबैको सहयोग आवश्यक रहेको खाँचो औंल्याए।

कार्यक्रममा जिल्ला समन्वय समिति, बाराका अध्यक्ष नवलकिशोर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिमा प्रतिनिधिसभा सदस्य रामसहाय यादव र रामबाबुकुमार यादव, प्रदेशसभा सदस्य पारसप्रसाद साह, ज्वाला साह, बाच्चा यादव, कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादव सहभागी थिए।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण काप्रीले अस्पताल ७ बिघा जगामा बन्न लागेको जानकारी दिए। उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत बन्न लागेको अस्पतालका लागि संघीय सरकारबाट करिब ३२ करोड बजेट छुट्याइएको छ। अस्पताल निर्माण मन्त्रालयले गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्