कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका पति अनुज शर्मा र भगतपुरका दीपक नाथ छन्।

प्रहरीका अनुसार बम र शर्मालाई महेन्द्रनगरस्थित बजारमा खानतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो। त्यसपछि सोधपुछ गरी डेरामा खानतलासी गर्दा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिनलगायत सामग्री बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्