कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघ्यो

काठमाडौं : देशभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ सय नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ। पछिल्लो २४ घन्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो एक दिनमा १ हजार ४७४ जनालाई कोरोना पुष्टि भएको छ। यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

देशभर कोरोनामुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्