राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं : काठमाडौंमा आज (सोमबार) राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ ।

माइतीघरदेखि नयाँ बानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्लाकार्ड बोकेका थिए।

त्यस्तै, प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए। प्रदर्शनकारीहरुले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्