कांग्रेस नेत्री रेग्मीप्रति श्रद्धाञ्जली

धनगढी : नेपाली कांग्रेस क्षेत्र न २ की कोषाध्यक्ष भागरथी रेग्मीको १३ औं दिनको पुण्यतिथिमा प्रतापपुरमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

नेपाली कांग्रेस क्षेत्र न २ समितिको आयोजनामा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य मोहनसिह राठौर प्रमुख अतिथि रहेका थिए। उनले स्वर्गीय भागरथी रेग्मी एक होनहार र सशक्त महिला नेत्री रहेको र उनको निधनले पार्टीलाई क्षति पुगेको बताए।

कार्यक्रमका विशिष्ट अतिथि नेपाली कांग्रेस, कैलालीका पार्टी सभापति नरनारायण शाहले उनीप्रति श्रद्धाञ्जली अर्पण गरे।

श्रद्धाञ्जली कार्यक्रममा महासमिति सदस्य कमलबहादुर शाह, पूर्वसभासद मानबहादुर महतो, पूर्व महासमिति सदस्य घनश्याम जोशी र हेम रावल, जिल्ला सदस्य शेरबहादुर देउवा, नृपबहादुर सुनार, क्षेत्र न २ का पार्टीका विभिन्न कार्य समितिका पदाधिकारी तथा सदस्यलगायतको उपस्थिति थियो। कार्यक्रमका सहभागीले स्वर्गीय रेग्मीको तस्बिरमा फूलमाला अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए।

रेग्मीको २०७७ कात्तिक ५ गते धनगढीबाट घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो।

श्रद्धाञ्जली सभा नेपाली कांग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापती भक्तबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्