अत्तरियामा साढे ३ करोड लगानीमा होटल चमेलिया प्लाजा सञ्चालन

धनगढी : कैलालीको अत्तरियामा झण्डै साढे ३ करोड लगानीमा सुविधासम्पन्न होटल चमेलिया प्लाजा सञ्चालन गरिएको छ।

अत्तरियाको पहाड रोडमा रहेको उक्त होटल वासुदेव खडायतले सञ्चालन गरेका हुन्।

होटलमा एसी तथा ननएसी कोठा, वाइफाई सुविधा, सभाहल, रेस्टुरेन्ट तथा वारलगायतको सुविधा रहेको सञ्चालक खडायतले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्