हैदरावादविरुद्ध ब्याटिङ गर्दै चेन्नई

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल)मा आज (मंगलबार) सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्स प्रतिष्पर्धा गर्दै छन्।

चेन्नईले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। खेल नेपाली समय अनुसार साँझ ७ः४५ सुरु हुँदै छ।

दुवै टोलीले जारी प्रतियोगिताको आआफ्नो आठौं खेल खेल्दै छन्। जारी प्रतियोगितामा हैदरावाद ६ अंकसहित पाँचौं स्थानमा छ। उसले तीन खेलमा जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ।

चेन्नई भने ४ अंकसहित सातौं स्थानमा छ। उसले दुई खेलमा मात्रै जित हात पार्दा पाँचमा पराजय भोगेको छ।

क्रिकइन्फो डट कम

प्रतिक्रिया दिनुहोस्