थप ३५५६ जना कोरोना संक्रमित, १८ को मृत्यु

काठमाडौं- नेपालमा थप तीन हजार पाँच हजार ५६ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा देशभर एक हजार पाँच सय तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७८ हजार सात सय ८० पुगेको मन्त्रालयले जनाएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमित १८ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको कूल संख्या ६ सय ६३ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्