नयाँ दिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट लगातार दोस्रो दिन ११ सयभन्दा बढीको मृत्यु भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको कारण एक हजार एक सय १५ जनाको मृत्यु भएको छ। यहाँ हिजो (मंगलबार) एक हजार एक सय ३३ जनाको मृत्यु भएको थियो। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार आठ सय ९० पुगेको छ।
भारतमा पछिल्लो २४ घण्टामा ८९ हजार सात सय ६ जना संक्रमित भएका छन्। यससँगै भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ४३ लाख ७० हजार एक सय २९ पुगेको छ।
अहिलेसम्म भारतमा ३३ लाख ९८ हजार आठ सय ४५ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
एजेन्सी
प्रतिक्रिया दिनुहोस्