काठमाडौं- गण्डकी प्रदेशमा थप सात जनालाई कोरोना भाइरसको संक्रमण देखिएको छ। यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या २ हजार ६७९ पुगेको छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये तनहुँका तीन, कास्कीका दुई तथा लमजुङ र स्याङ्जाका एक एक जना छन्।
उनीहरुको कास्की, पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्