कौन बनेगा करोडपतिको सुटिङ सुरु, कार्यक्रममा दर्शक सहभागी नहुने

मुम्बई- ‘महिला तथा सज्जनवृन्द, तालीको गडगडाहटका साथ स्वागत गर्नुस्…’

कौन बनेगा करोडपति (केबिसी) कार्यक्रमको सेटमा अघिल्ला वर्षझैं अब भने तालीको गडगडाहाट सुनिने छैन। किनकि कोरोना भाइरस महामारीका कारण उत्पन्न परिस्थितिले यस पटक सेटमा दर्शक हुने छैनन्।

सोमबार अमिताभसँग मुम्बईमा सोको सुटिङ सुरु भएको छ। अमिताभले केही तस्बिर ट्विट गरे। र, लेखे ‘१२ औं पर्व केबिसी : कौन बनेगा करोडपति आरम्भ !’
कार्यक्रमसँग सम्बन्धित व्यक्तिले बताएका छन् कि नयाँ गाइडलाइन्स अनुसार कार्यक्रममा लाइभ दर्शक सहभागी हुने छैनन्। यसका अलावा सेटमा काम गर्ने मानिसको संख्या पनि धेरै कम गरिएको छ।

केही दिनअघि अमिताभले सार्वजनिक गरेको एक तस्बिरमा क्रू मेम्बर पिपिई किट लगाएका थिए।

बिबिसी

प्रतिक्रिया दिनुहोस्