काठमाडौं- वेस्ट इन्डिजको घरेलु क्रिकेट लिग सिपिएल टि-२० मा ट्रिनबागो नाइट राइडर्स र एसटी लुसिया जुक्स फाइनल पुगेका छन्।
मंगलबार राति सम्पन्न खेलमा पहिलो सेमिफाइनलमा नाइट राइडर्सले जमैका तल्लावाजलाई ९ विकेटले पराजित गर्याे। १०८ रनको विजयी लक्ष्य पछ्याएको नाइट राइडर्सले १५ ओभरमा १ विकेटको क्षतिमा १११ रन बनाएर फाइनल पुगेको हो।
दोस्रो सेमिफाइनल खेलमा लुसिया जुक्सले गुयाना अमेजन वारियर्समाथि १० विकेटको जित निकाल्यो। ५६ रनको झिनो लक्ष्य पछ्याएको ४.३ ओभरमा विजयी भयो।
फाइनल खेल बिहीबार हुँदैछ।
क्रिकइन्फो
प्रतिक्रिया दिनुहोस्