धनगढी- कैलालीको गौरीगंगा नगरपालिकामा अण्डा तथा कुखुरा उत्पादन संघको नगर कमिटी गठन गरिएको छ।
आज (सोमबार) बसेको कुखुरापालक किसानको भेलाले अमृत शाहीको संयोजकत्वमा कमिटी गठन गरिएको हो। समिति सदस्यहरुमा नरेन्द्र सिंह, हरिभान साउद, हरिप्रसाद ओझा, मनोज एडी, पदम साउद र गणेश बोहरा छन्।
भेलाले नगरपालिका क्षेत्रमा कुखुराको दररेटसमेत कायम गरेको छ। जसअनुसार पाँच क्विन्टलभन्दा माथि प्रतिकेजी एक सय ८० रुपैयाँ, फ्रेस हाउसलाई प्रतिकेजी दुई सय रुपैयाँ र मासु प्रतिकेजी तीन सय रुपैयाँ तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्