नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घन्टामा झन्डै ७० हजार जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६९ हजार ९ सय २१ जना संक्रमित भएका छन्। यससँगै भारतमा कूल संक्रमितको संख्या ३६ लाख ९१ हजार १ सय ६७ पुगेको छ। तीमध्ये ७ लाख ८५ हजार ९ सय ९६ सक्रिय संक्रमित छन्।
भारतमा पछिल्लो २४ घन्टामा ८ सय १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६५ हजार २ सय ८८ पुगेको छ।
भारतमा अहिलेसम्म २८ लाख ३९ हजार ८ सय ८३ जना कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस्