काठमाडौं- गण्डकी प्रदेशमा महिला पत्रकारसहित थप ३९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यससँगै त्यहाँ कूल संक्रमितको संख्या २ हजार २ सय ५ पुगेको छ।
प्रदेशको स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये लमजुङ, बेशीसहर ७ की २८ वर्षीय महिला पत्रकारसहित २६ जना छन्। यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १०, कास्कीका २ र बाग्लुङका १ जना छन्।
उनीहरुको कास्कीस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्रमा परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्