काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलामा ९ सय रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँ तोकिएको थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँ बढेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ।
प्रतिक्रिया दिनुहोस्