नयाँ दिल्ली- भारतमा जिडिपीको विकास दरमा लकडाउनको सुरुवाती महिनाको त्रैमाशिकमा भारी गिरावट आएको छ।
केन्द्र सरकारको सांख्यिकी (तथ्यांक) मन्त्रालयका अनुसार आर्थिक वर्ष २०२०-२१ को पहिलो त्रैमाशिक अर्थात् अप्रिलदेखि जुनसम्मको विकास दरमा २३.९ प्रतिशत गिरावट आएको छ।
कोरोना भाइरस महामारी तथा देशव्यापाी लकडाउनका कारण उक्त अवधिमा भारतको जिडिपी दरमा १८ प्रतिशत कमी आउने अनुमान गरिएको थियो। यता देशको सबैभन्दा ठूलो सरकारी बैंक एसबीआईले यो दर १६.५ प्रतिशत घट्ने अनुमान गरेको थियो।
जनवरी मार्च त्रैमाशिकमा भारतीय अर्थव्यवस्थामा ३.१ प्रतिशत वृद्धि भएको थियो, जुन आठ वर्षमा सबैभन्दा कम थियो। उक्त अवधिमा उपभोक्ता खर्च, निजी लगानी तथा निर्यात कम भएको सरकारी तथ्यांक छ।
मन्त्रालयले भनेको छ कि कोरोना भाइरस महामारीका कारण आर्थिक गतिविधिसँगै तथ्यांक संकलनमा पनि असर परेको छ। यस्तै, २५ मार्चदेखि देशमा लकडाउन गरियो, त्यसपछि आर्थिक गतिविधिमा रोक लगाइयो।
बिबिसी
प्रतिक्रिया दिनुहोस्