काठमाडौं- गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ। यससँगै त्यहाँ कोरोना संक्रमितको संख्या एक हजार तीन सय ७७ पुगेको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमित कास्कीको पोखरा महानगरपालिका ३० वर्षीय महिला र २९ वर्षीय पुरुष छन्।
उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको थियो। उनीहरुलाई कास्कीको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्