सुदूरपश्चिमका चार जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

धनगढी- सुदूरपश्चिमका चार जिल्लामा पाँच सयभन्दा बढीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमको कैलाली, अछाम, डोटी र कञ्चनपुरमा पाँच सयभन्दा धेरै जनामा संक्रमण पुष्टि भइसकेको छ। कैलालीमा सबैभन्दा धेरै १०७५ जना संक्रमित छन्। त्यसपछि अछाम, डोटी र कञ्चनपुरमा क्रमशः ६५१, ६०५ र ५१३ जनामा संक्रमण देखिएको छ।

सुदूरपश्चिममा दार्चुलामा सबैभन्दा कम २० जना मात्रै संक्रमित छन्। यस्तै, बाजुरामा ४४९, बैतडीमा ३०३, डडेलधुरामा २९५ र बझाङमा १७१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ८२ छ। तीमध्ये दुई हजार सात सय ५१ कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्