काठमाडौं- सुनको मूल्य आज पनि अहिलेसम्मकै सर्वाधिक कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन तोलामा १२ सय रुपैयाँ बढेर साढे ९७ हजार रुपैयाँ पुगेको छ। हिजो यसको मूल्य तोलाको ९६ हजार ३०० रुपैयाँ तोकिएको थियो। यस्तै, तेजाबी सुनको मूल्य ९७ हजार ६० कायम भएको छ।
सुनको मूल्यमा बुधबारयता दिनहुँ रेकर्ड कायम भइरहेको छ। बुधबार प्रतितोला १३ सय रुपैयाँ बढेर ९४ हजार कायम भएको थियो, जुन त्यतिबेलासम्मको सर्वाधिक थियो। बिहीबार छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँ बढेर साढे ९४ हजार रुपैयाँ तोकिएको थियो।
यस्तै, शुक्रबार प्रतितोला १३ सय रुपैयाँ बढेर ९५ हजार ८०० रुपैयाँ पुगेको छापावाल सुन आइतबार पाँच सय रुपैयाँ बढेर ९६ हजार ३०० सय रुपैयाँ कायम भएको थियो।
प्रतिक्रिया दिनुहोस्