काठमाडौं- सुनको मूल्यमा आज पुनः रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार तीन सय रुपैयाँ तोकिएको छ, जुन अहिलेसम्मको सर्वाधिक हो।
हिजो यसको मूल्य प्रतितोला ९५ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो।
सुनको मूल्यमा बुधबारयता रेकर्ड कायम भइरहेको छ। गत बुधबार तोलाको १३ सय रुपैयाँ बढेर ९४ हजार कायम भएको छापावाल सुन बिहीबार पाँच सय रुपैयाँ बढेको थियो।
शुक्रबार पुनः तोलाको १३ सय रुपैयाँ बढेको छापावाल सुन आइतबार पाँच सय बढेको हो।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य भने तोलाको १ हजार १५५ रुपैयाँ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्