काठमाडौं- साउन शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी पर्व आज नागको पूजा गरि मनाइँदै छ।
घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ। नागको पूजा गर्दा वर्षभर घरमा सर्प, बिच्छीलगायत विषालु जीवले भयबाट बच्ने मान्यता छ।
काठमाडौंको नागपोखरी, टौदहलगायत देशभरका नागदह र कुण्डमा आज बिहानैदेखि हिन्दू धर्मावलम्बीले नागको पूजा गरिरहेका छन्।
नागलाई गाईको दूध, अक्षता, दुबो, खीरलगायत परिकार चढाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्