काठमाडौं- नेपालमा थप एक सय ३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर १८ हजार तीन सय ७४ जनामा कोरोना संक्रमित छन्।
पछिल्लो २४ घन्टामा तीन हजार ९ सय ८७ जनाको कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, नेपालमा थप एक सय सात जना डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्