कैलालीमा थप ८ जनामा कोरोना संक्रमण

धनगढी- कैलालीमा थप आठ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा टीकापुर नगरपालिकाका ६ र जानकी गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो।

धनगढीस्थित प्रयोगशालामा पछिल्लो २४ घन्टामा एक सय ४९ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यससँगै कैलालीमा कोरोना संक्रमितको संख्या एक हजार ७५ पुगेको छ।

Exit mobile version