इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको तेस्रो टेस्ट सुरु

म्यानचेस्टर- इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच जारी शृंखलाको तेस्रो तथा अन्तिम टेस्ट खेल आज (शुक्रबार) सुरु भएको छ। घरेलु टोली इंग्ल्यान्डले म्यानचेस्टरस्थित क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरिरहेको छ।

खेलको १ ओभर सकिँदा इंग्ल्यान्डले १ विकेट गुमाएर १ रन जोडेको छ। इंग्ल्यान्डले आफ्नो पहिलो विकेटका रुपमा डोम सिब्लीलाई शून्य रनमै गुमाएको हो। उनलाई वेस्ट इन्डिजका केमर रोचले पहिलो ओभरको अन्तिम बलमा एलबिडब्ल्यु आउट गरे।

उनीपछि कप्तान जोय रुट ब्याटिङ गर्न आएका छन्। रोरी ब्रन्स १ रनमा खेलिरहेका छन्। खेल मंगलबार (जुलाई २८)सम्म चल्ने छ।

तीन टेस्ट खेलको शृंखला अहिले १-१ को बराबरीमा छ। शृंखला अन्तर्गतको पहिलो खेल वेस्ट इन्डिजले ४ विकेटले जितेको थियो भने दोस्रो खेल इंग्ल्यान्डले ११३ रनले आफ्नो पक्षमा पारेको थियो।

प्रतिक्रिया दिनुहोस्