भारतमा कोरोना संक्रमणको रेकर्ड, २४ घन्टामा ४९,३१० संक्रमित

नयाँ दिल्ली- भारतमा पछिल्लो २४ घन्टामा ४९ हजार तीन सय १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यो एक दिनमा पुष्टि भएको संक्रमित संख्याको सर्वाधिक हो।

यससँगै त्यहाँ कोरोना संक्रमितको कूल संख्या १२ लाख ८७ हजार ९४५ पुगेको छ।

यस्तै, त्यहाँ पछिल्लो २४ घन्टामा कोरोना संक्रमित सात सय ४० जनाको मृत्यु भएको छ। यससँगै त्यहाँ मृत्यु भएका कोरोना संक्रमितको संख्या ३० हजार ६ सय एक पुगेको छ।

प्रतिक्रिया दिनुहोस्