सुनको मूल्य बढेको बढ्यै, तीन दिनमा तोलाको १८ सय बढ्यो

काठमाडौं- बुधबारयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। त्यसयता छापावाल सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँ बढिसकेको छ।

गत बुधबार ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९४ हजार पाँच सय कायम भएको थियो। शुक्रबार यसको मूल्य प्रतितोला १३ सय रुपैयाँ बढेर ९५ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुन ९५ हजार तीन सय ६५ रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्