काठमाडौं- गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार कास्कीका पाँच, लमजुङका तीन र तनहुँ तथा बाग्लुङका एक/एक जनामा संक्रमण पोजेटिभ देखिएको छ।
उनीहरूको कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो।
गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ६० पुगेको छ।
प्रतिक्रिया दिनुहोस्