काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेस्थित भेरी अस्पतालका कम्प्युटर अपरेटर अरूणराज खनाललाई स्रोत नखुलेको १६ लाखभन्दा बढी रुपैयाँसहित बिहीबार नियन्त्रणमा लिएको छ।
अख्तियारले आज (बिहीबार) प्रेस विज्ञप्ति जारी गर्दै उनलाई १६ लाख १३ हजार नौ सय ७५ रुपैयाँसहित नियन्त्रणमा लिएको जनाएको छ।
अख्तियार बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको टोलीले उनको कार्यकक्षबाट उक्त रकम बरामद गरेको हो।
उनले विभिन्न फर्म तथा व्यापारीहरुबाट लिएको कमिशन बापतको रकम र चेकसमेत आफ्नो कार्यकक्षमा राखेको भन्ने सूचना एवं उजुरी तथा निवेदनका आधारमा उनको कार्यकक्षमा खानतलास गरेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्