कांग्रेस लम्की चुहा नगर सचिवको उपचारका लागि छोराले गरे सहयोगको याचना

कैलाली- नेपाली कांग्रेस लम्की चुहा नगर कार्यसमिति सचिव ईश्वरीप्रसाद देवकोटाको उपचारका लागि छोराले सहयोगको याचना गरेका छन्। काठमाडौंस्थित गंगालाल हृदय केन्द्रमा उपचाररत ईश्वरीप्रसादका छोरा धुर्वराजले बुबाको आर्थिक सहयोग गर्न आफन्त, साथी र नेता–कार्यकर्तामा आग्रह गरेका हुन्।

उनले बुबाको उपचारका लागि आफूहरुसँग रकम नभएको बताए। ‘चिकित्सकले बुबाको मुटुको भल्ब फेर्नुपर्ने भनेका छन्,’ उनले सुनाए, ‘त्यसका लागि १२–१५ लाख रुपैयाँ खर्च लाग्छ।’

उनले बुबाको उपचारका लागि सहयोग गर्न चाहनेलाई एनआइसी एसिया बैंकको खाता नम्बर ३५८७०४१०३९६ ५२४०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस, कैलालीका जिल्ला सभापति नरनारायण शाहले पनि नगर सचिवको उपचारमा सहयोग गरिदिन सबैलाई आग्रह गरेका छन्।

यसैबीच, नेपाली कांग्रेस, कैलालीले नगर सचिव ईश्वरीप्रसादको उपचारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ। उसले जिल्ला समिति सदस्य कृष्ण पाण्डेमार्फत ईश्वरीप्रसादका परिवारका सदस्यलाई उक्त रकम हस्तान्तरण गरेको अर्का जिल्ला सदस्य नृपबहादुर सुनारले जानकारी दिए।

यस्तै, नेपाली कांग्रेसका महासमिति सदस्य विजय स्वाँरले पनि नगर सचिवको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्