कोरोना अपडेट : १४७ संक्रमित थपिए, १५६ डिस्चार्ज

काठमाडौं- नेपालमा पछिल्लो २४ घन्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म देशभर १८ हजार दुई सय ४१ जना कोरोना संक्रमित छन्।

पछिल्लो २४ घन्टामा देशभरका प्रयोगशालामा तीन हजार चार सय ८१ जनाको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको उनले जानकारी दिए।

यस्तै, आज एक सय ५६ जना डिस्चार्ज भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या १२ हजार आठ सय ४० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्