काठमाडौं- कर्णाली प्रदेशमा थप ३० जनालाई जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखका २४, सुर्खेतका पाँच र सल्यानका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै कर्णालीमा कोरोना संक्रमण पोजेटिभ देखिएको संख्या एक हजार आठ सय १३ पुगेको छ।
यस्तै, गण्डकीमा थप पाँच जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँको प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये पर्वत तथा कास्कीका दुई/दुई जना र स्याङ्जाका एक जना छन्।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार तीन सय ५० पुगेको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्