काठमाडौं- सुनको मूल्यमा लगातार दोस्रो दिन रेकर्ड कायम भएको छ।
हिजो प्रतितोला ९४ हजार रुपैयाँ तोकिँदा सर्वाधिक मूल्य कायम भएको छापावाल सुन आज पुनः पाँच सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला साढे ९४ हजार रुपैयाँ निर्धारण गरिएको छ।
यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी भने प्रतितोला एक हजार १४५ रुपैयाँमा खरिद बिक्री भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्