सन् २०२१ अघि कोरोनाको खोप बन्ने सम्भावना छैन : डब्ल्युएचओ

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले सन् २०२१ अघि कोरोनाको खोप बन्ने सम्भावना नरहेको बताएको छ।

डब्ल्युएचओका कार्यकारी निर्देशक माइक रेयानले भनेका छन् कि कोरोना भाइरसको खोप बनाउन शोधकर्तालाई सफलता मिलिरहेको छ। तर, सन् २०२१ को सुरुवातअघि खोप बन्ने आशा गर्न सकिँदैन।

उनले खोप बन्ने गतिमा ढिलाइ भए पनि त्यसको खोपको सुरक्षा मानकमा केही कमी नगर्न जरुरी भएको बताए।

उनले भनेका छन् कि केही सम्भावित खोप आफ्नो परीक्षणको तेस्रो चरणमा छन् साथै कोही पनि खोप सुरक्षा मानक वा प्रभावकारी हुनेमा अहिलेसम्म असफल भएका छैनन्।

बिबिसी

प्रतिक्रिया दिनुहोस्