काठमाडौं- सुनको मूल्य आज (बुधबार) अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो प्रतितोला ९२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एकै दिन १३ सय रुपैयाँले बढेको हो।
यसअघि छापावाल सुनको सर्वाधिक मूल्य प्रतितोला ९२ हजार आठ सय रुपैयाँ थियो।
यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५६० रुपैयाँ निर्धारण गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला एक हजार १३५ रुपैयाँ कायम गरिएको छ।
प्रतिक्रिया दिनुहोस्