काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) महामारीपछिको पहिलो टेस्ट शृंखलामा घरेलु टोली इंग्ल्यान्डले कमब्याक गरेको छ।
शृंखलाअन्तर्गत पहिलो खेलमा वेस्ट इन्डिजसँग चार विकेटको पराजय भोगेको इंग्ल्यान्डले म्यानचेस्टरमा भएको दोस्रो खेल ११३ रनले जित्दै शृंखलामा १-१ को बराबरी गरेको हो। ३१२ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९८ रन मात्रै बनाउन सक्यो।
त्यसअघि ४६९ रनमा ९ विकेट गुमाएको स्थितिमा इंग्ल्यान्डले पहिलो पारि घोषित गरेको थियो। त्यसपछि ब्याटिङ गर्न आएको वेस्ट इन्डिजले २८७ रन बनाएको थियो। इंग्ल्यान्डले दोस्रो पारि पनि १२९ रनमा ३ विकेटको स्थितिमा घोषित गरेको थियो।
शृंखलाअन्तर्गतको अन्तिम टेस्ट २४ जुलाईमा सुरु हुनेछ।
प्रतिक्रिया दिनुहोस्