सुनको मूल्य दुई सय रुपैयाँ घट्यो

काठमाडौं- सुनको मूल्य आज (सोमबार) दुई सय रुपैयाँ घटेको छ।

आज छापावाल सुनको मूल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८६५ रुपैयाँ निर्धारण गरिएको छ।

चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ घटेर हजार रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्