३३३१ नमुना परीक्षण, ५७ पोजेटिभ

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त अवधिमा तीन हजार तीन सय ३१ नमुना परीक्षण गरिएको जानकारी दिए। योसँगै देशभर कोरोना संक्रमितको संख्या १७ हजार पाँच सय दुई पुगेको छ।

यस्तै, पछिल्लो २४ घण्टामा एक सय तीन जना कोरोना संक्रमणमुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेको संख्या ११ हजार ६ सय ३७ छ।

प्रतिक्रिया दिनुहोस्